अत्याधिक गर्मी भएपछि कलैयामा तीन दिन विद्यालय विदा

संदिप प्रसाद यादव
363 पाठक संख्या

कलैया । विगत केही दिन देखि गर्मी बढेपछि कलैया उपमहानगरपालिकाले तीन दिन विद्यालयहरुलाई विदा दिएको छ।

कलैया उपमहानगरपालिकाको शिक्षा यूवा तथा खेलकुद महाशाखाका प्रमुख राजिवकुमार यादवले मंगलबार एक सूचना जारी गरी यसबारे जानकारी दिएका हुन्।

अत्याधिक गर्मीका कारण केही विद्यालयका विद्यार्थीहरु मुर्छित भएको जानकारी प्राप्त भएकोले विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर नपरोस भनी यो विदा दिइएको जनाइएको छ।

नगर शिक्षा समितिको बसेको बैठकले वर्षे विदाबाट कट्टा हुने गरी सामुदायिक तथा संस्थागत बिधालयहरुमा जेठ २८ देखि ३० गते सम्मका लागि विदा दिएको हो।

असार एक गते आइतबारदेखि पुनः नियमित रूपमा सञ्चालन गर्न सुचना मार्फत अनुरोध गरिएको छ।

Leave a review