बाराको कोल्हवी नगरपालिका वडा नम्बर ६ स्थित प्रसौनामा विहीवार एकदिने निशुल्क आँखा परिक्षण शिबिर सम्पन्न भएको छ ।
स्थानीय तामागढी बचत तथा ऋण सहकारी संस्थाले तिलगंगा निजगढ सामुदायिक आँखा अस्पताल,निजगढको प्राविधिक सहयोगमा उक्त शिविरको आयोजना गरेको हो ।
सहकारी संस्थाले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आम सर्बसाधारण जनसमुदायको स्वास्थ्यको अवस्थाको मध्यनजर गर्दै शिविरको आयोजना गरेको संस्थाका मुख्य प्रबन्धक बासुदेव रिमालले जानकारी दिनुभएको छ ।
शिविरमा सो क्षेत्रका दुई सय ९५ जनाले निशुल्क आँखा परिक्षण गरिएको छन जसमध्ये ७३ जनामा मोतिया विन्दुका विरामी फेला परेको मुख्य प्रबन्धक रिमालले बताउनुभयो ।
सहकारी संस्थाका सहसचिव रामकाजी खड्काको अनुसार शिविरमा आँखा चाँज गराएका मध्ये ७३ जनामा मोतिबिन्दुको समस्या देखा परेकोले उहाँहरुको तिलगंगा निजगढ सामुदायिक आँखा अस्पताल,निजगढको सहयोगमा निशुल्क सल्यक्रिया गरीने जनाईएको छ ।
तामागढी सहकारीले यसअघि पनि विभिन्न स्थानहरुमा यस्ता आखाँ शिविर,स्थास्थ्य शिविर,सहायता,राहत सहयोग जस्ता सामाजिक सेवाका कामहरु गर्दै आईरहेको सहकारी संस्थाका सहसचिव खड्काले बताएका छन ।


