सोनारकी श्रीमती सित सोधपुछ गर्दै बारा प्रहरी,भारतीय नागरिक फरार

राम मण्डल
271 पाठक संख्या

वीरगञ्ज : वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ निवासी २६ वर्षीय वीरेन्द्र साह सोनारको मृत्यु प्रकरणमा उनकी श्रीमतीसंग प्रहरीले सोधपुछ गरिरहेको छ।

प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। मृतक सोनारकी श्रीमती मनिषा देवीलाई बारा प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।

मनिषालाई अनुसन्धानको लागि बिहीबार नै नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले साझेदारी दैनिकलाई बताए।

असोज २७ गते वीरगञ्जस्थित घरमा डेरा गरी बस्ने भारतीय नागरिक बिजय गुप्तासँगै बाराको मुसहर्वामा लागेको मेला हेर्न वीरेन्द्र गएका थिए। वीरेन्द्रको शव बिहीबार फेला परेको थियो। उनको शब प्रसौनी गाउँपालिका १ स्थित गण्डक नहरको डिलमा भेटिएको थियो।वीरेन्द्रको हत्या भएको आशँकामा बारा प्रहरीले अनुसनधान अघि बढाएको छ।

मृतकको शबलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको छ ।पोष्टमार्टम रिपोर्ट आउनमा एक दुई दिन लाग्ने त्यसपछि मात्रै घटनाको बारेमा थप कुराहरु खुल्ने सापकोटाले बताए।

यसैबीच मृतक वीरेन्द्रका परिवारजनले उनीसँग मेलामा गएका बिजयले नै उनलार्य गायब बनाएको तथा हत्यामा पनि बिजयको संलग्नता भएको आरोप लगाएका छन।

मृतकका दाई सुरेन्द्र साह सोनारले आईतबार मेलामा वीरेन्द्र र बिजय सँगै गएको तर मेलाबाट बिजय मात्रै फर्किएकोले बिजयले नै घटनामा संलगन रहेको आरोप लगाएका हुन् ।

डेरामा बस्ने बिजय मँगलबार सम्म डेरामा नै रहेको तथा वीरेन्द्रको बारेमा सोधवुछ गर्दा अल्मलिएकोले पनि उनको सँलग्नता रहेको हुनसक्ने सुरेन्द्रको भनाई छ।

साथै बिजयको बचाउमा आप्mनो भाई बुहारी मनिषा पनि आएकोले घटना थप शंकास्पद भएको उनले बताए। सुरेन्द्रले आफनो भाईको हत्यामा संलग्न रहेको बिजय फरार रहेकाले उनको खोजी गरी घटनाको सत्यतथ्य छानबिन गर्न माँग गरेका छन्।

वीरेन्द्र सँगै मेलमा गएका बिजय हाल फरार भएका छन्। विजय भारतीय नागरिक हुन्। घटनाको अनुसन्धानको लागि फरार रहेका बिजयको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a review

This will close in 0 seconds