एसएसवीको ज्याजती वारे दशगाजा क्षेत्रमा नेपालीहरुद्धारा विरुद्ध प्रर्दशन

साझेदारी दैनिक
साझेदारी दैनिक 373 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान/
दशगाज क्षेत्रमा भारतिय एसएसवीको बिराधमा सिम्रौनगढ नगरपालिकाकमा नेपालीहरुद्धारा नाराबाजी गरेका छन् ।
नेपालीहरुले नगरपालिकाको वडा नम्बर २ नमसागरा ढाटमा विरोध प्रर्दशन गरेका हुन ।

सोही वडाका जगदिस साहको छोरा बर्ष २४ का पवन गुप्ताले आईतवार बिहान ६ बजे दिदी रिन्कुदेवी साहलाई नेपाल भारतको दशगाजामा छाडेर फर्कदै गर्दा भारतिय एसएसवीले निर्घात कुटपिट गरि मोतीहारी जेल चलान गरेको थियो ।

सोही बिराधमा वडा नमबर १, २ मौयाही, बैरिया र नमसागरा घाटमा स्थानीयहरुले आईतवार करिब ६ सयको हाराहारीमा महिला र पुरुसले प्रर्दशन गरेका नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष चन्द्रशेखर यादवले बताए

नेपालीहरुले निर्देाष पवनलाई रिहा गर, एसएसवीको ज्याजती बन्द गर, नेपाल र भारतको सद्भाव बिगार्ने काम बन्द गर जस्ता नाराबाजी गर्दे प्रर्दशन गरेका थिए । पवनलाई रिहाई नगरिए कडा संर्घष गरिने स्थानियहरुले बताएका छन् । पवन आफनो दिदी, भन्जा, भान्जी सहित ४ जनालाई ढाका थाना चिरैया नजिक रहेको ललबेगिया गाँउ जानका लागि तिनीहरुलाई नेपाल र भारतको नामसागरा ढाटको दशगाजामा छोडर आउने क्रममा एसएसवीले नियन्त्रणमा उनलाई लिएका थिए ।

दशगाजामा सशस्त्र प्रहरी र एसएसवीबिच बिगत तीनदिन देखि चर्काचर्की हुदै आएको हुदा ती भारतिय एसएसवीहरुले नेपालीहरु दशगाजामा आएको खण्डमा कुनै मुद्धामा फसाई जेल पठाउने धम्की दिदै आएको नेका जिल्ला कोषाअध्यक्ष यादवले बताएका छन ।

यस बिषयमा प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले मोतिहारीका डिएउमसंग त्यस बिषयमा कुराकानी भईरहेको जनाएका छन । आफनो जिल्लाको नागरिकको सुरक्षा गर्ने मेरो कर्तब्य रहेको बताउदै त्यसको बारेमा पहल भईरहेको जानकारी प्रजिअ पण्डितले दिएका छन ।

समाचार शेयर गर्नुहोस
Leave a review