Sajhedari Daily
Latest News from Nepal

बारा प्रहरीद्धारा स्रोत नखुलेको ४९ लाख बरावरको नेपाली नोट सहित दुईजना पक्राउ

बारा प्रहरीले ठुलो परिमाणमा स्रोत नखुलेको नेपाली नोट सहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले करिब ४९ लाख बरावरको स्रोत नखुलेको नेपाली रुपैया सहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिप्रका बाराले आईतवार कलैयामा पत्रकार सम्मेलनको आयोजना गरि वरामद रुपैया सहित पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी, थाना हरपुर, ग्राम पंचायत हरपुर, वडा नं.१० घोडासहन ग्राम बस्ने प्रभु महतोको छोरा वर्ष २६ को अरविन्द महतो र नाबालक वर्ष १४ को परिवर्तित नाम कलैया ३३ छ १३९ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनिहरुलार्य फेटा गाउँपालिका वडा ५ जोतपुर टोल स्थित दसगजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा यस कार्यालय मातहत अस्थायी प्रहरी पोष्ट जोतपुर बाराबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाच गर्ने क्रममा पक्राउ गरेको हो । उनीहरुले भारतबाट नेपाल तर्फबाट वीआर ०५ वाई ६४१७ नम्बरको प्लाटिना मोटरसाईकलनमा दुई जना चढी आएको शंका लागि चेकजाँच गर्दा झोला भित्र लुकाई राखेको अवस्थामा उक्त रकम बरामद भएको बारा प्रहरीका पमुख एमव् प्रहरी उपरिक्षक दिपेन्द्र साहीले पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रहरीले उनीहरुको साथबाट नेपाली रुपैयाको रू. एक हजार दरको १९२३ थान गरि १९ लाख २३ हजार, रु पाँच सय दरको ५७०४ थानको २८ लाख ५२ हजार, एक सय दरको १२०० थान गरि एक लाख २० हजार र .रू.५० दरको एक सय गरि पाँच हजार सहित करिब ४९ लाख रुपैया वराबरको स्रोत नखुलेको रकम फेला पारेको हो ।
बरामद रकम, रकम ओसारपसार गर्न प्रयोग गरेको मोटरसाईक सहित पक्राउ परेका निज अरविन्द महतो र परिवर्तित नाम कलैया ३३ छ १३९ लाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भईरहेको प्रवक्ता एवम् डिएस्पी गौतम मिश्राले जानकारी दिएका छन ।

Comments are closed.

error: Content is protected !!