घनश्याम चौधरी “आरएन”

साझेदारी दैनिक
304 पाठक संख्या

क्वालालम्पुर: मलेसिया सरकारले यहाँ कार्यरत सबै कामदारको न्युनतम पारिक्ष्रमिक “बेसिक सेलरी” बढाउने घोषणा गरेको छ ।

मलेसिया सरकारको प्रधानमन्त्री तथा अर्थमन्त्री समेत रहेका दातुक श्री अनवर बिन इब्राहिमले यहीँ अक्टोबर १८ तारिख शुक्रवार देवान राकयात हल क्वालालम्पुरमा बसेको संसद बैठकमार्फत आगामी आर्थिक बर्षको लागि बजेट भाषण दिने क्रममा सबै निकायसंगको सहमतिमा यस्तो निर्णय पारित भएको सार्वजनिक घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री दातुक श्री अनवर बिन इब्राहिमले बजेट भाषण दिने क्रममा भन्नुभयो, “मलेसियामा विभिन्न क्षेत्रमा कार्यरत कामदार हरुको न्युनतम पारिक्ष्रमिक दिनहुुँ ८ घण्टा काम गरे बापत्तको मासिक “बेसिक सेलरि” अहिलेको आरएम १५०० रिंगेटबाट आरएम २०० रिंगेट थप बढाएर आरएम १७०० रिंगेट पुर्याइएको निर्णय भएको सार्वजनिक गर्नुभयो ।”

आरएम १७०० न्युनतम पारिक्ष्रमिकको निर्णय आउँदो बर्ष सन् २०२५ फेब्रुअरी १ तारिखदेखि पुर्णरुपमा लागू गर्न गराउन गृहमन्त्रालय र श्रम मन्त्रालयसंगको सहकार्यमा यहाँ रहेका सबै रोजगारदाता कम्पनीलाई आ-आफ्नो कामदारको पारिक्ष्रमिक बढाउन निर्देशन दिइसकिएको  बताउनुभयो ।

अहिलेको मलेसियाली मदानी सरकारको यस् निर्णयले यहाँ काम गर्ने स्थानीय देखि विदेशी सबै कामदार खुशी हुनेमा आफू विश्वस्त रहेको बताउँदै , कामदारको आर्थिक स्थिति सुधार्नमा आफू र आफ्नो सरकार सदैव लागिरहने प्रधानमन्त्री दातुक श्री अनवर बिन इब्राहिमले बताउनुभयो ।

Leave a review