बीरगञ्जमा नागरिक समाजद्धारा नागरिकता बिधेयकको बिरोध

साझेदारी दैनिक
साझेदारी दैनिक 632 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

राम मण्डल /
बीरगञ्जमा सोमबार नागरिक समाज तथा राजनीतिक दलका बिभिन्न संघ संस्थाहरुले सरकारले ल्याएको नागरिकता सँशोधन बिधेयकको संयुक्त  रुपमा बिरोध गरेका छन ।

नागरिकता बिधेयक खारेज गर्न माँग गर्दै बीरगञ्जको घण्टाघरमा बिरोध प्रदर्शन गरिएको हो ।
नेपाल र भारतबीच रहेको रोटी बेटीको सम्बन्धलाई बिगार्नको लागि सरकारले ल्याएको उक्त बिधेयकलाई खारेज गर्न माँग गरेका थिए ।

बिरोध प्रर्दशनमा सहभागी भएका बक्ताहरुले सम्बोधन गर्दै सरकारले आफनो कुर्सी बचाउन र भ्रष्टाचारको मुद्धा लुकाउनको लागि बिधेयक ल्याएको बताएका थिए । सो अवसरमा प्रर्दशन गर्दै काण्डै काण्डमा मुछिएको ओली सरकारले जनताको ध्यान अन्यत्र केन्द्रित गर्नको लागि नागरिकता बिधेयक ल्याएको बताएका थिए ।

विरोध प्रदर्शनमा सहभागी भएका तथा प्रदर्शनलाइ सम्बोधन गर्दै प्रतिनिधी सांसद प्रदिप यादवले केपी ओलीको सरकारमाथि संकट आएको र सरकार बचाउनको लाथि नागरिकता बिधेयक ल्याएको बताए ।

नेकपा भित्रको आन्तरिक द्धन्द्धका कारण केपी ओली नेतृत्वको सरकार ढल्ने भएपछि प्रधानमन्त्री ओली षडयन्त्रमुलक तरिकाले भारतमाथि दोष लगाउने र आफ्नो सरकार बचाउँने षडयन्त्र गरेको बताएका छन ।  जन बिरोधी बिधेयकको बिरोधमा कोरोना महामारीका बिचमा पनि बाध्य भएर आन्दोलनमा आउनु परेको सांसद यादवको भनाई थियो ।

विरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका प्रदेश साँसद ओम प्रकाश शर्माले वाईडबडी काण्ड,सुन काण्ड, अहिले आएको १० अर्ब कोरोना काण्ड जस्ता काण्डै काण्डमा डुबेको सरकारले ती काण्डहरुलाई दबाउनको लागि नागरिकता बिधेयक ल्याएको बताए ।

यस्तै काँग्रेसका अर्का प्रदेश साँसद राजेशवर साह तेलीले देशको रोटी बेटीको सम्बन्ध तोडनको लागि सरकारले नागरिकता बिधेयक ल्याएकोले यसको बिरोध सम्पुर्ण जनताले गर्नुपर्ने आव्हान गरेकाछन ।

प्रदर्शनलाई सुम्बोधन गर्दै काग्रेस पर्साका सभापति अजय द्विबेदीले बिधेयक खारेज नभएसम्म बिरोध जारी रहने बताएका छन । उनले भोलि पर्सि पनि बिरोध गर्ने चेतावनी दिएका छन ।

समाचार शेयर गर्नुहोस
Leave a review