बिजुलपुर-बरवा जोड्ने इमृती नदी पुनःनिर्माणको पूर्वमन्त्री ज्वाला साहद्वारा शिलान्यास

साझेदारी डेलि
158 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिका वडा नं. २७ बरवास्थित बिजुलपुरदेखि बरवा जोड्ने इमृती नदी पुनःनिर्माण कार्यको शिलान्यास गरिएको छ । बारा -३ का पूर्व प्रतिनिधि सभा सदस्य एवम् मन्त्री ज्वाला साह र वडा नं. २७ का वडाध्यक्ष अशोक कुमार तिवारीले संयुक्त रूपमा आज शिलान्यास गरेका हुन् ।

आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजित बजेटमार्फत पूर्वाधार विकास कार्यालय बाराद्वारा उक्त नदी पुनःनिर्माण हुन लागेको हो ।

वर्षौंदेखि जीर्ण अवस्थामा रहेको नदीका कारण स्थानीयवासीले भोग्दै आएको आवतजावतको समस्या समाधान गर्ने उद्देश्यले आयोजना अघि बढाइएको वडाध्यक्ष तिवारीले जानकारी दिएका छन् ।

उनका अनुसार करिब १ करोड रुपैयाँ लागतमा निर्माण हुने यस आयोजनाले स्थानीय बासिन्दाको दैनिक आवतजावत सहज बनाउनुका साथै क्षेत्रीय विकास, व्यापारिक गतिविधि विस्तार र सामाजिक पहुँच सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Leave a review

This will close in 0 seconds