प्रादेशिक अस्पताल कलैयामा तरुण दलद्वारा बिरामीलाई फलफूल वितरण तथा सरसफाइ

संदिप प्रसाद यादव
387 पाठक संख्या

कलैया : नेपाल तरुण दलको ७२ औं स्थापना दिवसको अवसरमा प्रादेशिक अस्पताल कलैयाका बिरामीलाई शनिबार फलफूल वितरण गरिएको छ।

तरुण दल बाराले स्थापना दिवसको अवसरमा सरसफाइ समेत गरिएको छ ।

नेपाली कांग्रेस पार्टी बाराका उप– सभापति मनोज भट्टको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो।

नेपाल तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेलको अध्यक्षतामा फलफूल वितरण तथा सरसफाइ गरिएको हो।

प्रादेशिक अस्पताल कलैयामा आपतकालीन,आईसीयू,गर्भवती महिला,जेनेरल,अपरेशन वार्डमा रहेका विरामीहरूलाई फलफूल वितरण गरिएको क्षेत्र नम्बर ४ ख का क्षेत्रीय सभापति लोकेश सिंहले जानकारी गराएका छन्।

स्थापना दिवसको अवसरमा विचार गोष्ठी तथा विभिन्न कार्यक्रम गरी मनाउदै आएको अध्यक्ष पटेलले साझेदारी अनलाइनलाई जानकारी गराए।

फलफूल वितरण कार्यक्रममा प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट सुनिल कुशवाहा,अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाईको विशेष उपस्थिति रहेको थियो।

सो कार्यक्रममा नेपाली कांग्रेस बाराका जिल्ला सदस्य रविकरण साह, कांग्रेसका नेताहरु राजेन्द्र जैसवाल,चन्द्रिका गुप्ता,कलैया उपमहानगरपालिका ४ का पूर्व वडाध्यक्ष जटाशंकर सहनी,नेपाली कांग्रेसका तथा पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो।

Leave a review