Sajhedari Daily
Latest News from Nepal

प्रदेश २ सरकारको कृषि मन्त्रालयबाट निजगढका कृषक सम्मानित हुने

Top Aside Banner

नवराज चौलागाईं /
प्रदेश २ सरकारको भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयबाट बारा निजगढका केरा खेति गर्ने कृषक हिरा थापा मगर सम्मानित हुने भएका छन ।

मन्त्रालयले ४० औ विश्व खाद्यय दिवसको अवसरमा निजगढका कृषक थापा लगायत प्रदेशका ८ वटा जिल्लाका १६ जना कृषक र कृषि फर्महरुलाई सम्मान गर्ने जनाएको छ ।

मन्त्रालयले प्रदेशका ८ वटै जिल्लाका कृषि तथा पशुपालन क्षेत्रमा संलग्न एक÷एक जना गरि १६ जना कृषक, कृषि उद्यमी, समुह,सहकारी,फर्मलाई प्रोत्साहन सहित सम्मान गर्ने मन्त्रालयकी सचिव डा सम्झना कुमारी काफ्ले पाण्डेद्वारा हस्ताक्षरित संदेश मार्फत जनाईएको छ । मन्त्रालयले नगद २५ हजार सहित सम्मान पत्रले सम्मान गर्ने जनाएको छ ।

कृषक थापाले अहिले निजगढमा १२ बिगाह भन्दा बढीमा व्यवसायिक केरा खेति गर्दै आईरहेका छन । थापाले अहिले आफ्नो खेतमा माल्भोग र जी नाईन जातको केरा लगाएको उनले बताए ।

केरा ब्लकको रुपमा रहेको निजगढमा थापाले केरा खेति विस्तार गर्न र व्यवसायिक रुपमा केरा खेतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेका छन ।

कृषक थापा करिब एक दशकसम्म बैदेशिक रोजगारीमा रहेर फर्किएपछि गाउमै वसेर केही गर्ने उदेश्यका साथ निजगढमा कृषि पेशामा संलग्न भएका हुन ।

एक सय बिगाहमा केरा खेति विस्तार गर्ने थापाको लक्ष्य रहेकोछ । बारामा केरा खेति विस्तार गर्न निजगढका मेयर सुरेश कुमार खनाल र कृषि ज्ञान केन्द्र बाराको महत्वपूर्ण भूमिका रहेको कृषक थापाले बताएका छन ।

मन्त्रालयले गर्ने सम्मानमा बाराकै कोल्हवी नगरपालिका वडा नम्बर ७ मा रहेको चौधरी मत्स्य पालन फर्म पनि समावेश रहेकोछ ।