बयानव्वे केजी गाँजा सहित चार जना पक्राउ

राम मण्डल
399 पाठक संख्या

वीरगञ्ज : वीरगञ्जबाट प्रतिबन्धित गाँजासहित पर्सा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

गाँजासहित पक्राउ पर्नेहरुमा एक जना भारतीय नागरिक रहेका छन्। भारतीय नागरिकबाट सात किलो लागु औषध गाँजा बरामद भएको छ।

तीनजना नेपाली नागरिक पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय विर्ता लागु औषध नियन्त्रण ब्यूरो र प्रहरी चौकी ईनर्वाबाट खटिएको सँयुक्त टोलीले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

वीरगञ्ज महानगरपालिका–१६ बाइपास सडकखण्डमा ना.४ ख ९२५८ नम्बरको मिनी कन्टेनर ट्रकलाई रोकी प्रहरीले जाँच गरेको थियो।

जाँचको क्रममा ट्रकभित्र चार वटा बोरामा लुकाइ राखिएको प्रतिबन्धित ८५ केजी गाँजा प्रहरीले बरामद गरेको थियो ।गाँजासहित सिन्धुपालचोक बलेफी गाउँपालिका–६ बस्ने ३६ बर्षिय शान्त वहादुर तिमिल्सिना पक्राउ परेका हुन्।

यस्तै मकवानपुर भिमफेदी गाउँपालिका–९ बस्ने ४८ बर्षिय प्रेम रुम्बा र कैलाश गाउँपालिका–१ बस्ने २८ बर्षिय सुर्य बहादुर मोक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवम् सुचना अधिकारी किशोर लम्सालले जानकारी दिए। यसैगरी वीरगञ्ज–१६ शंकराचार्य गेट स्थित प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले जाँचको क्रममा गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत विहार जिल्ला गोपालगञ्ज थाना महमदपुर ग्राम अमरपुरा बस्ने ६५ बर्षिय गोगलमहतो नुनिया रहेका छन् ।

जाँचको क्रममा वीरञ्जबाट भारतको रक्सौलतर्फ जादै गरेको अवस्थामा उनलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनले बोकेको झोलाबाट सात केजी गाँजा बरामद भएको छ। गाँजासहित पक्राउ परेका चारैजना विरुद्ध लागु औषध सम्बन्धी कसूरमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Leave a review

This will close in 0 seconds