बारामा दुधौरा खोला नजिक काँसघारीमा ८२ वर्षीय वृद्ध मृत फेला

साझेदारी डेलि
75 पाठक संख्या
The dead man's body. Focus on hand

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित दुधौरा खोला नजिकै एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । अमलेखगंज बस्ने ८२ वर्षीय कृष्ण बल दुधौरा खोलाको झोलुङ्गे पुल नजिकैको काँसघारीमा मृत फेला परेका हुन् ।

बिहिबार बिहान स्थानीय बासिन्दाले काँसघारीमा बेवारिसे शव देखेपछि तत्काल इलाका प्रहरी कार्यालय अमलेखगंजमा खबर गरेका थिए । जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी अधिकृतको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान तथा कानुनी मुचुल्का उठाएको थियो ।

प्रहरीले घटनास्थलको प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो ।अस्पतालमा पोस्टमार्टम सकिएपछि मृतकका छोरा सूर्य लामाले शव बुझेर लगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिएका छन् ।

पारिवारिक स्रोतका अनुसार मृतक बल विगत दुई दिनदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । उनी पहिलेदेखि नै उच्च रक्तचापको बिरामी रहेको बारा प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता घलेले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds