बारा प्रहरीले एक लाख ९९ हजार बराबरको अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक रादेश खत्रीको कमाण्डमा र ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श,अस्थाई प्रहरी पोष्ट लङ्गडाचोकबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विभिन्न सात स्थानमा सञ्चालन गरेको अबैध मदिरा भट्ठी नष्ट गरेको हो ।
जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ८ छप्कैयामा ४ वटा भट्टी नष्ट,वडा नम्बर ९ कुडवामा १ वटा भट्टी नष्ट र आदर्शकोतवाल गाँउपालिका वडा नम्बर २ बतरामा २ वटा भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार प्लास्टिकको ११ वटा ठुलो ड्रम र मदिरा तयार गर्ने २ वटा मसिन बरामद गरिएको हो ।
उक्त तयारी मदिरा ७० लिटर अन्दाजी मूल्य रू. सात हजार,कच्चा पदार्थ ३२ हजार लिटर अन्दाजी मुल्य रू. १ लाख ९२ हजार रुपैयाँ बराबरको नष्ट गरिएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

