नेपाल पत्रकार महासंघ निर्वाचनमा होमियो,युनियनका तर्फबाट बरिष्ठ उपाध्यक्षमा आचार्यको नेतृत्वमा उम्मेदवारी

साझेदारी दैनिक
346 पाठक संख्या

कलैया : नेपाल पत्रकार महासंघ यतिखेर नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा होमिएको छ ।

महासंघको यही मंसिर २८ गते हुने तीन तहको निर्वाचनमा नेतृत्वका लागि सत्तारुढ निकट पत्रकार संगठन र विपक्षी दल निकट संगठनले प्यानलगत अलगअलग उम्मेदवारी दर्ता गराएका छन ।

निर्वाचनमा सत्तारुढ दल निकट नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा प्यानल नै घोषणा गरेर उम्मेदवारी दर्ता गराएका छन । केन्द्रीय निर्वाचन अन्तरगत शुक्रवार मनोनय दर्ता गराईएको हो ।

निर्वाचनमा प्रेस युनियनका तर्फबाट महासंघको बरिष्ठ उपाध्यक्षमा दीपक आचार्यको नेतृत्वमा सहभागि हुदै छ । प्रेस चौतारी नेपालसंगको सहमति पछि आचार्यको नेतृत्वमा युनियन चुनावी मैदानमा उत्रिएको हो ।

यसैगरी युनियनको तर्फबाट समावेशी उपाध्यक्षमा उमिद बागचन्द,महासचिवमा रामप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छन ।

यस्तै सचिवहरुमा रमेश खतिवडा (खुला),सोनी शर्मा (महिला),प्रकाश धौलाकोटी (दलित),बैकुण्ठ पराजुली (एशोसियट) र अशोक तिवारी (मधेशी) को उम्मेदवारी परेको प्रेस युनियनले जनाएको छ ।

युनियन–चौतारी प्यानलबाट महासंघको अध्यक्षमा चौतारीका तर्फबाट निर्मला शर्मा साझा उम्मेदवार बनेकी छन् । सत्तारुढ दल निकट युनियन र चौतारीको प्यानलविरुद्ध विपक्षी पत्रकार संगठनहरुको पनि प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन ।

यो प्यालनबाट महासंघको अध्यक्षमा प्रेस सेन्टर नेपालका कमल गिरीको नेतृत्वको उम्मेदवारी दर्ता गराएको महासंघको निर्वाचन आयोगले जानकारी गराएको छ ।

Leave a review

This will close in 0 seconds