सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो

रासस
318 पाठक संख्या

काठमाडौँ,७ पुसः आज सुन र चाँदीको मूल्य बढेको छ ।

गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू एक हजार एक सय र चाँदी प्रतितोला रू तीसले बढेको छ ।

गत शुक्रबार प्रतितोला रू एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रू एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै,निर्धारित मूल्यअनुसार आज चाँदी प्रतितोला रू एक हजार सात सय ९० मा कारोबार हुनेछ ।

Leave a review

This will close in 0 seconds