कोल्हवी । धीरेन्द्र पनुहर/ पड़रीमा गायन प्रतियोगिता सम्पन्न भएको छ ।
दशै,तिहार एवम छ्ठ पर्वको अवसरमा कालिमाता पुजा समिती कोल्हवी नगरपालिका वाड नम्बर ९ पडरी बाराको आयोजनामा बुधबार राती खुल्ला गायन प्रतियोगिता सम्पन्न भएको हो ।
खुल्ला गायन प्रतियोगितामा दस जना स्थानीय प्रतियोगीहरुले आ-आफ्नो प्रस्तुति प्रस्तुत गर्नु भएको थियो ।
जसमा बारागढी ५ पथराका ओम सन्नु प्रथम,बारागढी ३ खोपवाका अजय चौधरी दोस्रो र करैयामाइ ५ पिपराकि सबिता कुमारी चौधरी तेस्रो पुरस्कार प्राप्त गर्नु भएको थियो ।
त्यस्तै सान्त्वना पुरस्कार बुधन चौधरी,सुमन चौधरी,जलोधर चौधरी लगाएतकोले प्राप्त गर्नु भएको थियो ।
गायन प्रतियोगिताको प्रथम हुनेले प्रतियोगीले नगद रु दस हजार,दोस्रो हुनेले नगद रु पाच हजार र तेस्रो हुनेले नगद रु तीन हजार र प्रमाणपत्र प्राप्त गर्नु भएको हो ।
गायन प्रतियोगिताको मुख्य प्रायोजक न्यु तनहु सुनचाँदी पसल रहेको थियो ।
गायन प्रतियोगितामा स्वागत मन्तव्य उपेन्द्र चौधरीले गर्नु भएको थियो भने संचालन धिरेन्द्र पनुहरले गर्नु भएको थियो ।
कोल्हवी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दलबहादुर चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिशिस्ट अतिथिहरुमा न्यु तनहु सुनचाँदी पसल कोल्हवीका संचालक अमृत जि आर र माया जि आर,गणेश सप्लायर्स बारागढी पथराका प्रो. गणेश चौधरी चौधरी एग्रोभेट कोल्हबी बजारका प्रोप्राइटर युज्ञान्धर चौधरी,अदया सुनचाँदी पसल कोल्हबीका प्रो.सोमबार विश्वकर्मा,आसमा स्टोर कोल्हवी बजारका प्रो.बिरेन्द्र चौधरी,समाजसेवी सहदेव खरेल अतिथिहरुमा कालिमाता पुजा समितीका अध्यक्ष भिम चौधरी,९ का वडा सदस्य भुपेन्द्र चौधरी,समाजसेवी राजकुमार चौधरी,देवनारायण चौधरी,प्रकाश चौधरी,सिकेन्द्र कुशवाहा,अधिवक्ता रामानन्द चौधरी,चंद्रिका चौधरी लगायतको उपस्थिति रहेको थियो ।

