समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साइबर अपराध सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ वरेवा स्थित रहेको आरक होटलमा नेपाल रेडक्रस सोसाइटी बारा जिल्ला शाखाको आयोजनामा र जिल्ला प्रहरी कार्यालय बाराको सहकार्यमा शनिबार एक कार्यक्रम बिच समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साइबर अपराध सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो ।
जुनियर रेडक्रस सर्कल जिल्ला शाखाका सयोजक कृष्णप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी बारा जिल्ला शाखाका मन्त्री धिरेन्द्र यादव रहेका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक जटाशंकर यादवले साईबर अपराध सम्बन्धी संदेश मुलक विषयमा प्रस्तुतिकरण दिएका थिए ।
उक्त कार्यक्रममा संस्थाका केन्द्रीय कार्यालय जुनियर युवा विभागको उपनिर्देशक लिला खनाल,जिल्लाको विभिन्न स्कुल र कलेजका विद्यार्थी तथा संस्थामा आवद्ध सदस्यहरू लगायत गरी अन्दाजी ६० जनाको उपस्थिति रहेको थियोे ।


