अम्लेखगंजमा शनिवार वृहद रक्तदान

साझेदारी दैनिक
431 पाठक संख्या

सिमरा : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अम्लेखगंजमा शनिवार वृहद रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

तमु ल्होसार पर्वको अवसर पारेर स्थानीय तमु क्लबले आयोजना गरेको उक्त रक्तदान कार्यक्रमको वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठले उद्घाटन गरेका छन । कार्यक्रममा १७ महिलासहित ८४ जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठ,ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्की,लोकतान्त्रीक तमु संघका केन्द्रीय सदस्य केन्द्र गुरुङ,मनकामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवास श्रेष्ठ,नेकपा एकीकृत समाजवादीका युवा नेता विकास साहलगायतले रगत दान गरेको आयोजक क्लबले जानकारी दिएको छ ।

तमु क्लबका अध्यक्ष नरेश गुरुङको अध्यक्षतामा सम्पन्न उक्त नेपाल रेडक्रस सोसाइटी वीरगन्जको प्राविधिक सहयोग रहेको थियो ।

Leave a review

This will close in 0 seconds