बारा । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट तथा त्यसपछिको घटनापछि नेपाल प्रहरी प्रधान कार्यालयले पर्साका प्रहरी प्रमुखलाई सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठकलाई सरुवा गर्दै उनको स्थानमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवन कुमार भट्टराईलाई पर्साको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो।
यसै सरुवा प्रक्रियाअन्तर्गत एसपी दानबहादुर थापालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा खटाइएको छ।
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट, अस्पतालमा भएको तोडफोड तथा त्यसपछिका घटनाले व्यापक चर्चा पाएपछि सुरक्षा व्यवस्थापन र शान्ति–सुरक्षालाई थप प्रभावकारी बनाउन प्रहरी नेतृत्व परिवर्तन गरिएको बताइएको छ।


