आर्मीलाई पछ्याउँदै पुलिस

साझेदारी दैनिक
281 पाठक संख्या

निजगढ : नवराज चौलागाईं/जय शाह ट्रफी इलाइट कप क्रीकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई नेपाल आर्मी क्लबले पछ्याईरहेकोछ ।

बिरगंजको नारायणी रंगशालामा भएको पहिलो दिनको खेलमा १८ रनले पछि परेको खेलमा पुलिसले आर्मीलाई पछ्याईरहेको हो ।

पहिलो इनिङ ब्याटिङ गरेको खेलमा आर्मीले ३४।४ ओभरमा अलआउट हुँदै १ सय २४ रन बनायो । आर्मीको लागी कुशल मल्लले ३८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाए ।

आर्मीका ब्याटरहरुलाई दबाबमा राख्दै पुलिसका ललित नारायण राजबङ्शी एक्लैले ७ विकेट हात पारे । १४।४ ओभर बलिङ गरेका ललितले ४ मेडन राख्दै ४७ रन खर्चिएर ७ विकेट लिएकाहुन ।

पुलिसका लागी अन्य बलरहरु कुशल भुर्तेल,श्रवण यादव र रसिद खानले समान १र१ विकेट लिए । दोस्रो इनिङ ब्याटिङ गरेको पुलिसको लागी गुल्सन झा ले ३ छक्का र १ चौका प्रहार गर्दै नट आउट ३४ रन बनाएकाछन ।

पहिलो दिनको खेल समाप्तिमा पुलिसले ७ विकेट गुमाएर १ सय ३ रन बनाएर ब्याटिङ गरिरहेकोछ । पुलिसका गुल्सन झा र प्रेम तामाङले क्रीजमा रहेर ब्याटिङ गरिरहेकाछन ।

Leave a review

This will close in 0 seconds