आँपको बगैँचामा लुकाइएको १४० किलो गाँजा पर्सामा बरामद

साझेदारी डेलि
128 पाठक संख्या

वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँपको बगैँचाबाट प्रहरीले १४० किलो लागुऔषध गाँजा बरामद गरेको छ।

विशेष सूचनाका आधारमा शनिबार राति अन्दाजी ९ः३० बजे इलाका प्रहरी कार्यालय पोखरिया, पर्सा र सशस्त्र प्रहरी बल, बीओपी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बगैँचामा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा बगैँचामा रहेको घाँसभित्र लुकाइछिपाइ राखिएको गाँजाजस्तो देखिने पदार्थ १३ वटा पोकामा फेला परेको प्रहरीले जनाएको छ।

बरामद पदार्थको तौल १४० किलो रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिएका छन् । उनका अनुसार उक्त लागूऔषध बरामद गरि थप अनुसन्धान कार्य भइरहेको छ ।

Leave a review

This will close in 0 seconds