आमाको पुण्य तिथिमा अमृता अनाथालयमा खाद्यान्न सामाग्री वितरण

साझेदारी दैनिक
250 पाठक संख्या

बारा : बाराका एक सरकारी कर्मचारीले आफ्नो आमाको पुण्य तिथिमा अमृता अनाथालय कलैयामा मंगलबार खाद्यान्न सामाग्री वितरण गरेका छन्।

करैयामाई गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत एवम् कलैया उपमहानगरपालिका वडा नम्बर १७ ब्रहम्पुरी निवासी वीरेन्द्र महतोले आमाको आमा भगरेशनी देवीको पुण्यतिथिमा अनाथालयलाई खाद्यान्न सामाग्री वितरण गरेका हुन्।

महतोले अनाथालयकी सञ्चालिका फूलमती बस्नेतलाई चामल,आलु,प्याज,नुन लगायतका खाद्यान्न सामाग्री हस्तातरण गरे ।उनको आमाको निधन मिति २०८० साल पुष २३ गते भएको थियो।

Leave a review

This will close in 0 seconds