तीन वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ

साझेदारी डेलि
366 पाठक संख्या

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको जबरजस्ती करणी गरि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–१ का २४ वर्षीय प्रोग्रेस चौधरी र जितपुरसिमरा–२ का १६ वर्षीय सुमन थापा रहेका छन्।

थापा ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक हुन् भने प्रोग्रेस सोही म्याजिकका धनी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २०८३ साउन ३१ गते बिहान घरबाट हराएकी जितपुरसिमरा–१ दसधुरीकी गरिमा चौधरीको शव मंगलबार साँझ भक्तिनगरस्थित एक घरको खाली कोठामा फेला परेको थियो।

घटना थाहा पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीको कमाण्डमा सोकोसहितको टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा थप अनुसन्धान टोली खटाइएको प्रहरीले जनाएको छ।

नेपाल प्रदेश प्रहरी कार्यालय, वीरगञ्जबाट तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरी अनुसन्धान गर्दा मृतक बालिका गरिमा चौधरी रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा म्याजिकका सहचालक सुमन थापाले बालिकालाई चकलेट दिएर फकाई घटनास्थलमा लगेको र जबरजस्ती करणीपछि हत्या गरेको खुलेको बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन् । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a review