नेपाली सेनाद्वारा गरुडामा निःशुल्क आँखा स्क्रीनिङ्ग क्याम्प संचालन

साझेदारी दैनिक
375 पाठक संख्या

रौतहट : करण कुमार मिश्र/ नेपाली सेनाद्वारा रौतहटको गरुडा नगरपालिका–५ महम्मदपुर हेल्थपोस्ट शिवनगरमा निशुल्क आँखा स्क्रीनिङ्ग क्याम्प संचालन गरेको छ ।

गरुडा नगरपालिकाको सहकार्यमा सेनाले तीनदिनसम्म उक्त क्याम्प संचालन हुने छ । उक्त निःशुल्क सञ्चालन भएको शिविरको गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन्।

सो अवसरमा बोल्दै नगर प्रमुख जयसवालले आँखा शिविर स्थानीय बासिन्दाहरुलाई प्रभावकारी रुपमा स्वास्थ्य उपचार सुविधा दिलाउने उद्देश्य रहेको बताए । उनले आफ्नै गाउँ ठाँउमा आँखा सम्बन्धि समस्या सर्वसुलभ रूपमा चेकजाँच गराउनको लागि नगरबासीलाई आफ्नै पालिकामा सेवा उपलब्ध गराएको बताए ।

उद्घाटन क्याम्प उद्घाटन कार्यक्रममा अवसरमाः–प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,सेनाका प्रमुख सुदर्शन सिलवाल,राजपुर नगर प्रमुख डा.राजिक आल्म,वडा अध्यक्ष रामबिनोद साह,कृष्णनन्दन सहनी,जसपा नेपालका युवा प्रभावशाली नेता राजकुमार दास लगायतको उपस्थित रहेको थियो ।

शिविरमा विशेषगरी मोतिया बिन्दु भएको बिरामीलाई ब्लड सुगर जांच लगायतका स्वास्थ्य सेवाहरु उपलब्ध गराई चिकित्सकहरुको सिफारिस अनुसार निःशुल्क शल्यक्रियासहित औषधी समेत वितरण गरिएको तिलगंगा आँखा प्रतिस्ठान काठमाडौंका नेत्ररोग विशेषज्ञ रीता गुरुङले बताइन् ।

शिविरमा तिलगंगा आँखा अस्पताल काठमाडौंबाट मोतिया बिन्दुको शल्यक्रिया गर्ने पाँचजना विशेषज्ञ,आवश्यक औषधी सहित डाक्टर अधिकृत,फर्माशिष्ट,सैनिक उपचारिका तथा नर्सिङ्ग अर्दली गरी जम्मा ३५ जना स्वास्थ्यकर्मी खटिएको नेपाली सेनाले जनाएको छ

नेपाली सेनाले यसअघि रौतहटको गढिमाई,गुजरा,कटहरिया,चन्द्रपुर,राजपुर नगरपालिका लगायतको ठाउमा चेकजाँच गरि मोतिया बिन्दु भएका बिरामी लाई शल्यक्रिया गर्न भनिएका सबै बिरामीहरुलाई गरुडा –५ स्थित रहेको महम्मदपुर हेल्थपोस्ट शिवनगरमा माघ १ गतेसम्म करीब आठसय जना मोतिया बिन्दु भएका बिरामीको शल्यक्रिया गरिने लक्ष्य रहेको सेनाले जनाएको छ ।

मध्य पुर्वी पृतना हेडक्वाटरको मार्ग निर्देशन श्री न.२८ बाहिनी अड्डाको पहल र तिलगंगा आखा प्रतिष्ठान संगको सहकार्यमा संचालित निशुल्क स्क्रीनिङ्ग क्याम्प बाट दुई हजार बढी सर्वसाधारणले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् ।

Leave a review