दलित अभिभावकहरु आफ्नो बालबालिकालाई विद्यालयमा पठाउन अग्रसर भएका छन् ।
शिक्षाको पहुँचबाट बञ्चित रहदै आएका तथा आफनै घर परिवारबाट पनि शिक्षाबाट बञ्चित हुने गरेका दलित समुदायका बालबालिका समेत यसतर्फ अग्रसर भएका हुन् ।
मधेस प्रदेशका दलित समुदायका बालबालिकाहरुलाई उनीहरुका अभिभावकले नै शिक्षा दिलाउनमा हेलचक्राई गर्दै आएकोमा उनीहरु पनि सचेत भएका छन्।
दलित समुदायका अभिभावकहरुमा पनि शिक्षाको कमि भएका कारणले विगतमा यस्तो भएको हो । उनीहरुले आफ्नो बच्चाहरुलाई विद्यालय पठाउने नगरेको तथ्य रहेको छ ।
त्यस्तै कसैकसैले आर्थिक अवस्थाका कारणले पनि बालबच्चाहरुलाई विद्यालयमा पढाएर उच्च शिक्षा दिलाउन सक्दैनन् ।
पछिल्लो समय दलित समुदायका अभिभावकहरु पनि आफना बालबालिकालाई विद्यालय पठाउन थालेका छन ।छोराछोरीहरुलाई जसरी भएपनि विद्यालय पढाउने गरेको बाराको बारागढी गाउँपलिकाका दलित रुपनारायण माझीले साझेदारी दैनिकलाई बताए ।
दलितहरुको आर्थिक अवस्था कमजोर हुदा उनीहरु आफ्नो बालबालिकाहरुलाई चाहेर पनि पढाउन सक्दैनन् ।बारागढी गाउँपालिकाकै गँगा माझीले आफना बच्चाहरुलाई मन भएपनि खान लाउन नै नपुग्ने गरेको जनाइन् ।
जस्को कारण पढाउनमा समस्या हुने गरेको बताईन् ।दलितहरुका बालबालिकाहरु प्नि पढेलेखे बिभिन्न निकायमा रोजगारी पाउन सकिने भएकाले आफना बालबालिकासहित देवरलाई पनि पढाईरहेको रमिला माझीले बताइन् ।
जग्गा जमिन नहुदा अलिकति अप्ठयारो भएको उनको भनाई थियो । दलित समुदायका ब्यक्ति गरिबी र अशिक्षाका कारणले आफना बालबालिकाहरुलाई विद्यालय पढाउन सक्दैनन् ।
गरिब दलितहरुका बच्चाहरुले पनि उच्च शिक्षा पाओस भने आफुहरुले निःशुल्क रुपमा दलितका बच्चाहरुलाई ट्युश्न पढाउने गरेको पर्साको दलित अगुवा एवम् शिक्षक मनोज रामले बताए ।
मधेस प्रदेशमा ३ लाख बच्चाहरु बिधालयको पहँचबाट बाहिर रहेका छन् । जसमा त्यसमा सबै भन्दा बढी दलितकै सँख्या रहेको छ ।


