मधेसी नेताहरुसित विकासको माग नै हुदैन –प्रधानमन्त्री ओली

राम मण्डल
303 पाठक संख्या

वीरगञ्ज :प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले मधेसी नेताहरुसित बिकास सम्बन्धी माग नै नहुने गरेको बताएका छन्।

पर्साको सखुवा प्रसौनी गाउँपालिकाको पचगावामा आइतबार आयोजित बृहत पार्टी प्रबेश तथा जनसभालाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले मधेसका मसिहा भनाउने नेताहरु सित बिकासको माग नभइ संविधान संशोधनको धाराको मात्रै माग हुने गरेको बताए। उनले मधेसबादी नेताहरुले जनतालाई अलमलमा पारेर राखेको आरोप लगाएका हुन्।

मधेसबादी नेताहरुलाई विकासको बारेमा माग राख्न भन्दा उनीहरुले संविधान संशोधन,संविधानको धारा लगायतका माग हरु मात्रै लिएर आउने गरेको उनले बताए। पर्साको पोखरिया नगरपालिकामा १५ बाट बढाएर ५० सैयाको अस्पताल बनाउने कार्य शुरु गरिने उनले जानकारी दिए।

पोखरियामै जनताको माग अनुसार मालपोत तथा भूमि सुधार कार्यालय खोल्ने काम पनि सरकारले अघि बढाइसकिएको उनले बताए। उनले जिल्लाका ग्रामीण भेगका मानिसहरूलाई बीस किलोमीटर टाढा वीरगन्ज गएर मालपोत र भूमि सम्बन्धी सेवा लिने झन्झट अन्त्य हुने उनले बताए।

मधेस प्रदेशमा निकुञ्ज भएको केही क्षेत्रमा र पुल बाहेक हुलाकि राजमार्ग लगभग बनाइ सकिएको उनले दाबी गरे।

नेकपा माओवादी केन्द्र प्रति इङित गर्दै ओलिले म्याजिक नम्बरको धाक लगाउनेका दिनहरु जानुपर्छ भनेर नै एमाले र कांग्रेसले अहिलेको संयुक्त सरकार बनाएको उनले जानकारी दिए।

देशमा ठुला पार्टीबिचमा झगडा लगाउने,राजनीतिमा फोहोरी खेलको बदमाशी समेत भएकोले त्यसलाई अन्तय गर्न एमाले र कांग्रेसको सरकार बनेको उनको भनाई थियो। सरकार गठबन्धनको भएको मानिसहरुला भन्ने बानी परेको भएपनी अहिलेको एमाले कांग्रेसको सरकार सम्युक्तिकरणको संयुक्त सरकार भएको ओलीको भनाइ थियोे।वीरगञ्ज चिनी कारखाना चलाउने बारेमा सरकारले सोचिरहेको ओलीले बताए।

उनले मानिसलाई उद्यमशिलताले नै धनी बनाउने गरेको जनाए। उनले उधमशिलतामा लाग्न युवाहरूसित आग्रह गरे। पर्टीमा महिला हरुलाइ बिशेष स्थान दिएर अघि बढन प्रेरित गर्न पनि ओलीले एमालेका नेता कार्यकर्ता हरुलाइ निर्देशन दिएका छन्।

देश बनाउने पार्टी एमाले नै भएकोले अन्य पार्टीमा रहेकाहरुलाइ पनि एमालेमा आउन उनले आग्रह गरे। कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका पुर्ब अध्यक्ष प्रदिप जैसवाल लगायत एमालेमा प्रबेश गरेका हुन्। नवप्रबेशीहरुलाइ ओलीले फुलमाला लगाएर स्वागत गरेका थिए।

Leave a review

This will close in 0 seconds