रौतहट : करण कुमार मिश्र/ रौतहटको गरुडा नगरपालिका– ७ स्थित रहेको माध्यमिक विद्यालय पिपरिया दोस्तिया का विद्यार्थीहरुलाई वितरण गरिएको छ ।
गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले मंगलबार एक समारोहकाबीच माध्यमिक विद्यालय पिपरियाका २ सय बढी विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको हो ।
नगर प्रमुख जयसवालले सो विद्यालयलाई २० वटा डेस्क बेन्चसहित विद्यार्थीहरुलाई स्कुल बेगसमेत वितरण गरेका छन् ।
विद्यार्थीहरुको पठन पाठनमा कठिनाइ हुँदै आएको अवस्थाको मध्य नजर गरिदै उक्त शैक्षिक सामाग्री वितरण गरिएको मेयर जयसवालले बतएका छन । उनले विद्यालयलाई आवश्यक सबै सुविधा पु-याउँदै विद्यार्थीहरूको शैक्षिक वातावरण सुधार गर्न कटिबद्ध रहेको बताए ।
विद्यार्थीहरूको शिक्षामा कुनै अभाव नहोस् उदेश्य सहित शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर आफ र नगरपालिका अगाडि बढीरहेकोे उनको भनाई छ । गरुडाले बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न दृढ कदम चालिरहेको समेत मेयर जयसवालको जिकिर छ ।


