पूर्वाधार विकास कार्यालय बारामा तरुण दलको ज्ञापन

साझेदारी डेलि
418 पाठक संख्या

कलैया । नेपाल तरुण दल बाराले पूर्वाधार विकास कार्यालय बारामा ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन हुने योजनाहरू प्रचलित नियम, कानुन र मापदण्डअनुसार मात्रै कार्यान्वयन गर्न माग गरेको छ।

जिल्ला अध्यक्ष दिपेन्द्र पटेलको नेतृत्वमा पुगेको टोलीले आज बुझाएको ज्ञापनपत्रमा सबै योजनाहरू सम्बन्धित निकायमार्फत नै सञ्चालन हुनुपर्ने स्पष्ट पारिएको छ। साथै कुनै पनि योजना खरिद–बिक्री गर्ने कार्य नगर्न तथा नगराउन सबै सरोकारवालालाई सचेत गराइएको उल्लेख छ।

तरुण दलले सम्पन्न भएका योजनाहरूको भुक्तानी प्रक्रिया पनि कडाइका साथ गर्नुपर्नेमा जोड दिएको छ। वास्तविक काम सम्पन्न भई पेश गरिएका बिल, भरपाई तथा आवश्यक कागजातका आधारमा मात्र भुक्तानी गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

कार्यालयमार्फत सम्पूर्ण सरोकारवाला निकाय तथा व्यक्तिहरूलाई प्रचलित नियमको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

उक्त ज्ञापनपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय, बारा, भौतिक पूर्वाधार विकास मन्त्रालय, जनकपुरधाम तथा अर्थ मन्त्रालय, जनकपुरधाममा समेत पठाइएको तरुण दलले जनाएको छ।

Leave a review

This will close in 0 seconds