इनड्राइभले गर्‍योे ‘द बेटर ड्राइभः इनिसिएटिभ– मनी,माइन्ड,म्यानर

साझेदारी दैनिक
259 पाठक संख्या

कठमाण्डौं : विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म,इनड्राइभले चालक साझेदारहरूको शशक्तिकरण र सामुदायिक संलग्नतालाई थप मबजुत बनाउन द बेटर ड्राइभः इनिसिएटिभ– मनी,माइन्ड,म्यानर शिर्षकमा सत्र आयोजना गरेको छ।

यो कार्यक्रममा आर्थिक साक्षरता,मानसिक स्वास्थ्य र कल्याण,साथै शिष्ट व्यवहार र व्यावसायिक सेवाको महत्व जस्ता महत्वपूर्ण विषयहरु समेटिएका थिए। सुरक्षित,पेशागत र मैत्रीपूर्ण सवारी प्रणाली निर्माणमा चालक साझेदारहरुलाई आवश्यक ज्ञान सीप र मनोबल प्रदान गर्ने उद्देश्यका साथ सो कार्यक्रम गरिएको थियो।

कार्यक्रममा सहभागी चालकहरूलाई वित्तीय योजना सम्बन्धी जानकारी दिइएको हो। सडक सुरक्षा सम्बन्धी सावधानीहरू सो अवसरमा जानकारी दिइएको थियो। मानसिक स्वास्थ्य व्यवस्थापन, र उत्कृष्ट ग्राहक सेवा जस्ता पक्षहरूमा सो अवसरमा प्रशिक्षण दिइएको हो। इनड्राइभले रोजगारीको अवसरहरू प्रदान गर्ने मात्र नभई,आफ्ना चालक साझेदारहरूको समग्र हित,सशक्तिकरण र दीर्घकालीन पेशागत विकासप्रति प्रतिबद्धता जनाउँदै आएको छ।

चालकहरूलाई आत्मविश्वासी, सचेत र सेवामुखी बनाउने दिशामा यसले महत्वपूर्ण कदम चाल्दैछ। सेसनले विविध विषयमा गहन जानकारी प्रदान गरेको छ।प्रत्येक सेसन प्रतिष्ठित विज्ञ तथा क्षेत्रका विशेषज्ञहरूद्वारा सहजीकरण गरिएको थियो। सहभागीचालक साझेदारहरूको व्यवसायिक, आर्थिक र मानसिक सशक्तीकरणमा योगदान पु-याउने उद्देश्यले सडक सुरक्षा र ट्राफिक नियमहरू ट्राफिक प्रहरीका प्रतिनिधिहरू द्वारा जानकारी दिइएको थियो।

यो सत्रले चालकहरूलाई सडकमा सुरक्षित रहनुपर्ने अनिवार्यता र नियमहरूको पालना गर्नुपर्ने महत्वलाई सशक्तरूपमा प्रस्तुत गरेको छ। आइएमई पेका चिफ ग्रोथ अफिसर संजीव न्यौपानेको नेतृत्वमा वित्तीय साक्षरता प्रदान गरिएको थियो। यस सत्रमा चालक साझेदारहरूलाई दिगो आर्थिक व्यवस्थापन,बचत,लगानीतथा डिजिटल वित्तीय उपकरणहरूको उपयोगबारे व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।

हैप्पि माइन्डसकी संस्थापक श्रेया गिरीले मानसिक स्वास्थ्य जागरूकताको बारेमा प्रशिक्षण दिएकी थिइन्। सो सत्रमा मानसिक स्वास्थ्यको महत्व,तनाव व्यवस्थापन तथा सकारात्मक सोचले व्यक्तिगत र व्यावसायिक जीवनमा पार्ने प्रभावबारे गहन छलफल गरिएको थियो।

मोटिभेसनल स्पीकर रञ्जित आचार्यले ग्राहक अनुभव वृद्धिका लागि आतिथ्यता सेवाको सहजीकरण गरेका थिए। यस सत्रमा,ग्राहकहरूप्रति सम्मान,आत्मीयतार सहृदय व्यवहारले सेवा अनुभवमा कसरी सकारात्मक प्रभाव पार्छ भन्ने बारे प्रेरणादायी उदाहरण सहित आचार्यले प्रशिक्षण दिएका थिए। इनड्राइभले आगामी दिनमा लागू गर्न लागेको समुदाय –केन्द्रितपहलहरू,चालक हित मैत्री मूल्य निर्धारण प्रणाली तथा सेवा सुधार योजनाको बारेमा विस्तृत जानकारी उक्त अवसरमा दिइएको थियो।

समग्रमा,कार्यक्रममा समावेश विषयवस्तुले चालक साझेदारहरूको बहु आयामिक विकासमा टेवा पु-याउने गरी ज्ञान,सीप र मनोबलअभिवृद्धि गर्ने उद्देश्यका साथ सो सत्रमा प्रशिक्षण दिइएको हो। इनड्राइभका एसियाप्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टलीले चालक साझेदारहरूको सशक्तीकरण केवल प्रविधिको माध्यममा मात्र सीमित नरहेको जनाए।

मानव कल्याण,सुरक्षाको प्रत्याभूति,आर्थिक सुदृढता,मानसिक स्वास्थ्यको संरक्षण र उत्कृष्ट सेवा मापदण्डहरूको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको उनले जनाए। ‘द बेटर ड्राइभःइनिसिएटिभ — मनि,माइण्ड,म्यानर’कार्यक्रम मार्फत एकजुट,सुरक्षित र समर्पित राइड–हेलिङ्ग समुदायको निर्माणमा योगदान पु-याउन आफुहरुले चाहेको उनले जनाए।

यस्ता पहलहरूले नेपालमा उत्तरदायी,दिगो र समावेशी मोबिलिटी इको सिस्टमको आधार निर्माण गर्ने प्रतिबद्धतालाई अझ बलियो बनाउँने उनले उद्घोष गरे। इनड्राइभले आफ्ना चालक साझेदारहरूको अविश्वसनीय समर्पण,कठिन परिश्रम र उल्लेखनीययोगदानको उच्चमूल्यांकन गर्छ रगहिरो सम्मान व्यक्त गर्छ।

यस किसिमका गतिविधिहरू केवल सम्मानको अभिव्यक्ति मात्र होइनन्, यीकार्यक्रमहरू इनड्राइभको व्यापक दृष्टिकोणको प्रतिबिम्ब पनि रहेको उनले जनाए। प्रत्येक चालकलाई सशक्त पार्ने, प्रशिक्षण प्रदान गर्ने, मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने र उनीहरूलाई सुरक्षित भविष्य तर्फ डो¥याउने रणनीतिक दृष्टिकोणमा आधारित छन् ।

नेपालमा आयोजित यस अभियान मार्फत,इनड्राइभले चालक संलग्नताको नयाँ मापदण्ड तय गर्दैछ — जहाँ समावेशिता,सहयोग र साझाप्रगतिमूलआधार हुन् ।द बेटर ड्राइभःइनिसिएटिभ — मनि, माइण्ड,म्यानर न केवल शहरी यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने दिशामा एक कदम हो। यो इनड्राइभको स्थायी परिवर्तन र सामाजिक उत्थान प्रति गरिएको निरन्तर प्रयासको स्पष्ट प्रमाण हो।

Leave a review