गरुडा :करण कुमार मिश्र/ रौतहटको एक नगरपालिकाले नगरका विजुली उपभोग गरेको बिद्युत महशुल वापतको रकम तिरिदिएको छ ।
जिल्लको रौतहट फतुवा विजयपुर नगरपालिकाले नगरका उपभोक्ताहरुको महशुल बुझाएको हो ।
फतुवा विजयपुरका (कार्यवाहक) नगरप्रमुख अम्बेया खातुनले स्थानीय जनताले वर्षभरि उपभोग गरेको बिद्युत महसुलको पहिलो किस्तावापत २४ लाख ५९ हजार रकम बिद्युत प्राधिकरणलाई भुक्तानी गरिदिएको बताइन् ।
यसैगरी उनले नगरबासीले प्रयोग गरेको बिद्युतको महसुलवापत्कोे रकम प्राधिकरणका चन्द्रपुर शाखा प्रमुख धिरेन्द्र यादवलाई हस्तान्तरण गरेकी हुन् । नगरपालिकाले विगतदेखि नै ‘फ्री बिजुली’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नगरबासीले चन्द्रपुर र मौलापुर बिधुत प्राधिकरण शाखाको उपभोग गर्दै आएको बिद्युत महसुलको सम्पुर्ण रकम पालिमा तिर्दै आएको बताए।

