निजगढमा पनि स्वास्थ्य स्वयंसेवीका दिवस मनाईयो

संदिप प्रसाद यादव
248 पाठक संख्या

कलैया : विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वयंसेविकाहरूको भुमिका स्वस्थ समाज निर्माणमा सहभागिता“ भन्ने मुल नाराका बाराको निजगढमा स्वास्थ्य स्वयंसेवीका दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ।

निजगढ नगरपालिकामा निजगढ नगरपालिकाको आयोजनामा २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस विहीबार एक कार्यक्रम बिच मनाएको हो ।

कार्यक्रममा ६० वर्ष पुगेका महिला स्वास्थ्य स्वमसेवीका छन्द कुमारी तिमिल्सिना,जानुका सिवाकोटी,माइली माया गोलेलाई जनही रु. ३० हजार रुपैया तथा सम्मानपत्र सहित सम्मान गरेर बिदाई गरिएको थियोे ।

नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा तथा प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रममा कार्यक्रममा सोममाया थिङ,प्रमुख प्रशासकीय अधिकृत अजय बर्ताैला,स्वास्थ्य संयोजक रमेश लामा लगायतले स्वयंसेवीका समाजमा भुमिकाको विषयमा चर्चा गर्नुभएको छ ।

उक्त कार्यक्रममा वडाअध्यक्षहरू,स्वास्थ्यकर्मी,स्वयंसेवीका,स्वास्थ्य शाखाका प्रमुखहरु,महिला स्वयंसेविकाहरु लगायतको उपस्थिति रहेको थियोे ।

Leave a review

This will close in 0 seconds