कर्मचारी संगठनको १२ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा गुप्ता

साझेदारी दैनिक
452 पाठक संख्या

कलैया : नेपाल निजामती कर्मचारी संगठन बाराको १२ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा सागर कुमार गुप्ता सर्वसहमतमा चयन भएका छन् ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ मोतिबागस्थित रहेको नेपाल निजामती कर्मचारी संगठनको प्राङ्गणमा भएको १२ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा गुप्ता सर्वसहमत रुपमा चयन भएका हुन् ।

सो अधिवेशनबाट उपाध्यक्षमा सुरेश कुमार साह र महिला उपाध्यक्षमा भावना कर्ण पनि सर्वसहमतमा चयन भएका छन् । यस्तै सचीवमा रामजनम पण्डित,सह–सचिवमा सुनिल कुमार साह र कोषाध्यक्षमा केशब चौहान सर्वसहमतमा चयन भएका हुन् ।

त्यसैगरी सदस्यमा अरुण बस्नेत,रमेश प्रसाद कुर्मी,कबिता देवकोटा न्यौपाने,प्रभु राम,टेक बहादुर घिमिरे र बच्चा सिंह कलवार सर्वसहमतमा चयन भएका छन् । सो अधिवेशनबाट केन्द्रिय सदस्यमा बालाराम खड्का,नवीन खनाल,बाबुराम घिमिरे र रन्जिता साह चयन भएको जनाईएको छ ।

त्यस्तै अधिवेशनबाट प्रदेश सदस्यमा राजिव कुमार यादव,दिनेश शर्मा,फरमुला मिया र रमिता देवी साह पनि चयन भएकी छिन् ।

उक्त कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य राजेन्द्र कुमार कार्की,नेकपा एमाले प्रदेश कमिटीका सदस्य दिनेश्वर ठाकुर,कैलाश कुमार झा,शिवजी साह,जितन ठाकुर,मुस्लिम मिया,राष्ट्रिय परिषदका चोलेन्द्र कटुवाल,विभिन्न कार्यालयमा कार्यरत कर्मचारी,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

नेपाल निजामती कर्मचारी संगठन बाराका अध्यक्ष बाबुराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष एवम् मधेस प्रदेश इन्चार्ज नौतम पोखरेल रहनु भएको थियो । सो कार्यक्रममा स्वागत मन्तव्य सागर कुमार साहको रहेको थियो भने कार्यक्रमको संचालन संगठनका सचिव नवीन खनालले गरेका थिए ।

Leave a review

This will close in 0 seconds