कलैया :बारा प्रहरीले लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सोमबार जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया स्थितमा चौकीबाट खटिएको चेकिङ टोलिले उनलाई प्रहरीले पक्राउ गरेको हो।
नारायणघाट बाट वीरगंज तर्फ आउदै गरेको ना ६ ख ५३०९ नं.को यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।
उक्त बसमा सवारको साथमा रहेको कालो ब्यागबाट अवैध लागु औषध गाँजा अन्दाजी ४ किलो ५ सय ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा देश भारत बिहार राज्य बेतिया जिल्ला ग्राम भवरा वडा नम्बर ८ बस्ने अन्दाजी ४५ वर्षीय बिजय श्रीवास्तव रहेको उनले बताए ।
उक्त लागु औषध गाँजा सहित श्रीवास्तवलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रवक्ता सापकोटाले जानकारी दिएका हुन्।


