जन सरोकारको ११ औं वार्षिक साधारण सभा सम्पन्न

साझेदारी दैनिक
329 पाठक संख्या

बाराको कलैया १ मा मुख्य कार्यालय रहेको जन सरोकार वचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कलैया १ स्थित पुरुषोत्तमलाल धर्मशालाको सभाकक्षमा आजको बचत भविष्यको सुरक्षा भन्ने मूल नाराका साथ शनिबार सो सभा सम्पन्न भएको हो ।

सो सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुरले अहिलेको आर्थिक अवस्था कमजोर रहेको बताए ।

उनले यस्तो अवस्थामा पनि बाराको सहकारीहरुले राम्रो काम गरिरहेको बताए । उनले सहकारीले सहकारी मूल्य र मान्यता अनुसार चल्नुपर्ने बताए । सहकारी मूल्य मान्यता अनुसार चल्ने सहकारी कहिल्यै समस्यामा नपर्ने बताए । उनले पाँच करोड भन्दा बढीको सम्पति तथा दायित्व सृजना गर्नु भनेको सुखद रहेको जनाए ।

उनले सहकारी विरुद्ध चलिरहेको दुर्गा प्रसाई आन्दोलनको असर नपर्ने समेत बताए । देशको अर्थतन्त्रलाई अगाडी बढाउन सबैको सहयोग आवश्यक रहेको जनाए । देशमा अब ऋण लगानीमा समस्या आउने उनले जनाए ।

संस्थाका अध्यक्ष मनिन्द्रनाथ शर्माको अध्यक्षतामा सो कार्यक्रम भएको हो । साधारण सभाको अवसरमा कोषाध्यक्ष हरिओम साह सोनारले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा बारा उद्योग वाणिज्य संघ कलैयाका पूर्व अध्यक्ष शिवनाथ शर्मा, समा चकेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मी चोधरी,राष्ट्रिय सहकारी बैंकका श्याम न्यौपाने,नेफस्कूनका गौतमकुमार साह, अधिवक्ता अरुणकुमार दुवे लगायतकाले मन्तव्य व्यक्त गरे ।

सहकारीको कर्मचारी मनिता शर्माले आर्थिक वर्षको अनुमानित बजेट प्रस्तुत गरिन् । सो कार्यक्रममा असल ऋणी रामाकान्त प्रसाद,चन्द्रकिशोरसाह कानु,संजिवकुमार साह,चन्द्रकिशोर साह कानु तथा असल बचतकर्ता वीरेन्द्र प्रसाद,विनयसिंह वस्ति, शर्मिला वस्नेत लगायतकालाई सम्मान गरिएको थियो ।

सो अवसरमा कर्मचारीहरु उपेन्द्र कुमार,चन्द्रभुषण,सुरेश प्रसाद,रामेश्वर मण्डल,विनोद राज,मनिता शर्मा,रमेश हुमागाई, चन्द्रावति देवी लगायतकालाई सम्मान गरिएको हो ।

सो साधारणसभाको सञ्चालन नन्दिता शर्मा तथा स्वागत बारा कलैया वडा नम्बर १ का वडा अध्यक्ष मोहनबहादुर क्षेत्रीको थियो ।

Leave a review

This will close in 0 seconds