विज्ञान पढने विद्यार्थिलाई पूर्ण छात्रवृति दिइने

साझेदारी दैनिक
292 पाठक संख्या

बाराको एक स्थानीय तहले विज्ञान विषयलाई उच्च प्राथमिकतामा राखेको छ ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगर भित्रका सामुदायिक विद्यालयमा विज्ञान संकाय पढ्ने विद्यार्थीलाई पूर्ण छात्रवृति प्रदान गर्ने नीति ल्याएसंगै यस्को पुष्टि भएको छ ।

नगर प्रमुख राजन पौडेलले आर्थिक बर्ष २०८१।८२ को नीति तथा कार्यक्रममा समेटेको सो कार्यक्रमबाट उपमहानगर भित्र विज्ञान संकाय सञ्चालन गरेका उपमहानगरको वडा नम्बर २ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा तथा बकुलियाका विद्यार्थि लाभान्वित हुनेछन् ।

सिमरामा ४० जना र वडा नम्बर ५ मा रहेको बकुलियामा २० जना विद्यार्थी विज्ञान संकायमा भर्ना हुने गरेका छन् । उपमहानगरपालिकाले विज्ञान संकायमा पढ्ने कक्षा ११ का विद्यार्थीलाई पूर्ण छात्रबृती उपलब्ध गराउन आ.व. २०८१।८२ को बजेटमा उपमहानगरपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

अनुदान रकमबाट ६० विद्यार्थीले अध्ययन गर्न सक्ने नेरामावि सिमराका प्रधानाध्यापक शंकरकुमार आचार्यले साझेदारी दैनिकलाई बताए । स्थानीयस्तरमा गुणस्तरीय शिक्षाका लागि विद्यार्थी प्रोत्साहनका लागि ल्याईएको नीति सकारात्मक रहेको छ ।

यसको निरन्तरताका लागि उपमहानगरले ध्यान दिनुपर्ने प्रधानाध्यापक आचार्यको भनाई छ ।

यस्तै पहिलोपटक उपमहानगरपालिकाले एमफिल तथा पिएचडी छात्रबृती कार्यक्रमको लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी बर्षहरुमा यसको रकम बृद्धि गर्दै जाने योजना बनाईएको नगर प्रमुख राजन पौडेल बताउँछन् ।

Leave a review