सुर्य नेपाल प्रालिका मजदुरले गरे रक्तदान कार्यक्रम

साझेदारी दैनिक
294 पाठक संख्या

सिमरा : बाराको सिमरा स्थित सुर्य नेपाल प्रालिका मजदुरहरुद्वारा आयोजित रक्तदान कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ।

कार्यक्रममा ६ जना महिला र ९४ जना पुरुष गरि कुल १ सय जना रक्तदाताहरूले रक्तदान गर्दै मानव सेवामा महत्वपूर्ण योगदान दिएको मजदुर नेता बेनि तिमल्सिनाले जानकारी दिए ।

सुर्य नेपाल प्रालिमा कार्यरत मजदुरहरुले हरेक बर्ष रक्तदान कार्यक्रम गर्दै आएका छन् । सोही कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.४० रिजर्भ गण हे.क्वा.पिलुवा गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक मोहन बहादुर क्षेत्रीको बिदाई गरिएको छ ।

सुर्य नेपाल प्रालिका ब्यवस्थापक सुरेशकाजी श्रेष्ठले मायाको चिनो सशस्त्र प्रहरी उपरिक्षक क्षेत्रीलाई प्रदान गरेका थिए ।

रक्तदान कार्यक्रमले समाजमा रक्तदान जस्तो पुण्य कार्यप्रति जनचेतना फैलाउने साथै आपतकालीन अवस्थाका लागि रक्तसंचयमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको अर्का मजदुर नेता प्रेम बस्नेतले बताए ।

नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन सुर्य नेपालका अध्यक्ष रामपुकार पासवानको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने,माओवादी केन्द्रका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बराल लगायतको सहभागिता रहेको थियो ।

Leave a review