कलैया । जेनजी युथ अफ बाराले कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित प्रादेशिक अस्पताल कलैयामा शनिबार बृहत् सरसफाइ गरेको छ। अस्पताल परिसरमा जेनजी युथ अफ बारा, कलैया उपमहानगरपालिका समितिका अध्यक्ष सौरभ पाण्डेयको नेतृत्वमा रहेको टोलीले सरसफाइ गरेको हो।
कलैया उपमहानगरपालिकाको सहयोग तथा अस्पताल व्यवस्थापन समितिको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। चैत २५ गते गरिएको अनुगमनका क्रममा अस्पताल क्षेत्रमा सरसफाइको समस्या देखिएपछि त्यसलाई सुधार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको अध्यक्ष पाण्डेयले बताएका छन्।
“समाजप्रति जिम्मेवारी बोध गर्दै सरसफाइ गरिएको हो। सक्ने जति योगदान दिनु हाम्रो कर्तव्य हो भन्ने भावनाका साथ अघि बढेका छौँ,” उनले भने।
उक्त कार्यक्रममा सौरभ चौगाई, दीपेन्द्र पटेल, सुरज साह, सुरज खनाल, आनन्द गुप्ता, नुर आलम, एजाजुल अन्सारी, सरोज पाण्डे, भोला यादव, प्रशान्त यादव, बलिराम गिरि, रोहाब अन्सारी, शैलेश ठाकुर लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा जेनजी युथ अफ बाराका पदाधिकारी तथा युवाहरूको सहभागिता रहेको थियो।

