पर्साको बन गस्ती टोलीले एक ट्रयाक्टर चिरपट दाउरा बरामद

रञ्जन यादव
289 पाठक संख्या

बारा : पर्सागढी नगरपालिका–१ स्थित जंगलबाट वन गस्ती टोलीले एक ट्रयाक्टर चिरपट दाउरा बरामद गरेको छ ।

अवैध रूपमा रुख काटेर चिरपट बनाई बाहिर ल्याउने क्रममा वन गस्ती टोलीलाई देखेर संलग्न व्यक्ति फरार भएका छन् ।

बढ्निहार सब डिभिजन वन कार्यालयका जमदार जीत बहादुरको नेतृत्वमा गस्ती टोलीले उक्त चिरपट बरामद गरेको हो।

यसबारे जानकारी दिँदै डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मञ्जुर अहमदले अवैध रूपमा जंगल फँडानी गरी दाउरा चोरी निकासी गर्ने कार्यविरुद्ध कडा निगरानी राखिएको बताए ।

वन जोगाउने प्रयासस्वरूप निरन्तर गस्ती तथा अनुगमन जारी रहेको छ भने दोषीलाई कानूनी कारबाही गरिने वन कार्यालयले जनाएको छ ।

Leave a review

This will close in 0 seconds