पालिकावासीको अर्थोपार्जन बढाएकोमा जेजेवाइसीलाई धन्यवाद –सुवर्ण गापा अध्यक्ष यादव

साझेदारी दैनिक
413 पाठक संख्या

बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष्र राजेश प्रसाद यादवले सुवर्णका वासिन्दाको जिविको सुधारका लागि गरेको पहल उत्कृष्ट रहेको भन्दै जेजेवाइसीलाई धन्यवाद दिएका छन् ।

मंगलबार संयुक्त अनुगमन भ्रमण गरि साना व्यवसाय प्रोत्साहन सहयोग वितरण कार्यक्रममा सहभागीता जनाए पश्चात उनले जेजेवाइसीलाई धन्यवाद दिएका हुन् ।

पालिकासँगको समन्वयमा विषेश गरि गरीब,दलित,मुस्लीम,पछाडी परारिएका समुदाय तथा संरक्षण जरूरी ठानिएका व्यक्ती छानेर जलवायुमैत्री कृषि अभ्यास र साना व्यवसाय मार्फत तिनका पारिवारको दैनिक गुजारा सहज बनाउन गरिएका प्रयास देख्दा खुशी लागेको उनले बताए ।

साथै विपद व्यवस्थापन,हिंसा विरूद्ध शुन्य सहनशिलता,सरसफाइ जस्ता महत्वपूर्ण पाटोमा सचेत गराउन गरिएका हरेक प्रयासको सकारात्मक परिवर्तन समुदायमा देख्न सकिने अवस्था वास्तवमै सराहना योग्य रहेको यादवको भनार्इ छ ।

इस्लामिक रिलिफको सहयोगमा जनजागरण युवा क्लब जेजेवाइसी बाराले संचालन गरेको समुदायको उत्थानशिलता सुदृढिकरण परियोजना अन्तर्गतका कृयाकलापको अनुगमनका क्रममा सुवर्णका प्रमुख प्रशासकिय अधिकृत सुजित कुमार यादवले लाभग्राहीहरूसँग दैनिक खरिदबिक्रीको तथा व्यवसाय बढाउने विषयमा सचेत रहेनरहेको बारेमा जिज्ञासा राखेका थिए ।

परियोजनाबाट ५० हजार बराबरका व्यवसायगत सामग्री सहयोग पाएका किराना,पारचुन,खाजा,भाँजा,मोबाइल रिपेयरिंग,मासु पसल लगायतका साना व्यवसायीहरूसँगको कुराकानीका क्रममा उनले व्यवसायि स्वयं व्यवसाय प्रती चिन्तित रहेको पाएको बताए ।

त्यस्तै प्रशासन शाखा प्रमुख शिवरतन साहले समुदायले सफाइमा ध्यान दिएको,पिरयोजना मार्फत बनेको चर्पीको सरसफाइका साथ प्रयोग गरेको,बालबालिकाको पढाइका लागि सचेत बनेको अवस्थाको प्रसंशा गरे । परियोजनाको प्रभाव कृषि क्षेत्रमा राम्रो देखिएको कृषि शाखा प्रमुख रामेश्वर अधिकारीले बताए ।

महिलाहरू कृषक समुह बनाई बचत तथा ऋण संचालनमा जुटेको, जलवायु मैत्री खेतीपाती गर्ने तरिकाहरू सिकेर व्यवहारमा उतारीरहेको दृश्य देख्न पाउँदा खुशी लागेको उनको तर्क छ । करेसाबारी तरकारी खेति गरेर विषादी रहित तरकारी खाने बानीको विकास गरेका कृषकले पैसा र स्वास्थ्य दुवै बचाएको तथा जलवायु मैत्री खेति प्रकृयाले माटोको समेत स्वास्थ्य बचाएको उनको भनाइ छ ।

अधिकारीले पालिकामा दर्ता भैसकेको कृषक समुहसँग छलफल गर्ने क्रममा अनुगमनमा सहभागिहरूले परियोजना अगाडी र अहिलेको समयलाई दाँज्न लगाइ लिएका तलिमहरूका सिकाइलाई व्यवहारमा उतार्न तथा परियोजनाले दिएका कृषिजन्य समाग्री,सिंचाई उपकरणहरुको संरक्षण सहितका लागि उत्प्ररित गरेका थिए ।

गापा अध्यक्ष यादव नेतृत्वको टोली अनुगमन भ्रमण लगत्तै परियोजना द्वारा संचालित साना व्यवसायी प्रोत्साहन सहयोग कार्यक्रममा सहभागी भएका थिए । प्रोत्साहन सहयेग हस्तान्तरण गर्दै गापा अध्यक्ष यादवले उत्कृष्ट व्यवसाय गर्ने साना व्यवसायीलाई उत्प्रेरणा जगाउन १२ हजार बराबरको सामग्री सहयोग गर्ने कार्यले व्यवसायी हर्षित तथा पालिकालाई सिकाई प्राप्त भएको बताए ।

परियोजनाले विभिन्न विधि प्रयोग गर्दा उत्कृष्टका रूपमा छानिएका सुवर्णका २५ जना तथा महागढिमाईका २५ जना गरि ५० जना व्यवसायीलाई व्यवसाय प्रोत्साहन सहयोग प्रदान गरिएको परियोजनाका कार्यक्रम संयोजक डा।अजय कुमारले जानकारी दिए ।

पालिका स्तरीय परियोजना सल्लाहकार समितिको प्रतिनिधित्व गर्दै अनुगमनमा सहभागीहरूले परियोजना संचालित १,५,६ र ८ का साना व्यवसाय,कृषक समुहको कृषि अभ्यास,संरक्षणका साना व्यवसाय,बाख्रा पालन,डेमो प्लट लगायतको अनुगमन गरी जिज्ञासा राख्नुका साथै उत्प्रेरणा प्रदान गरेका थिए ।

अनुगमन तथा प्रेत्साहन सहयोग वितरण कार्यक्रममा शिक्षा शाखा प्रमुख कृष्णा कुमारी चोरसिया,जेजेवाइसीका कार्यकारी निर्देशक श्रीनिवास बैठा,लैंगिक तथा संरक्षण अधिकृत,जेटिए,भिजेटिए लगाएतको सहभागिता रहेको सामुदायिक परिचालिका हमेशा खातुनले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds