बारामा आजै एकै दिन सशस्त्र प्रहरीका ४९ मा कोरोना संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी वल नम्बर ४० रिजर्भ गण पिलुवा बारामा रहेका व्यक्तिमा कोरोना ंसंक्रमण भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
बारा, पर्सा र रौतहट जिल्लाको सिमा सुरक्षाका लागि भन्दै सरकारले यही श्रावण १ गते रिजर्भ गण स्थापना गरेको हो । यस अघि सशस्त्र प्रहरी वल भद्रकाली गणका रुपमा रहेको थियो ।
भाद्र ८ गते ११५ जनाको स्वाब संकलन गरी परिक्षणका लागि हेटौडा पठाईएकोमा ४९ जनामा कोरोना संक्रमण देखिएको गणपति मनोज थापाले जानकारी दिए ।
संक्रमित सवैलाई गणमै बनाईएको आईसोलेसनमा राखिएको छ । करिव ७० जना व्यक्तिलाई व्यवस्थापन गर्न सकिने गरी सशस्त्र प्रहरीले आफ्नो छुट्टै आईसोलेसन बनाएको थियो ।
यो संगै बारामा संक्रमितहरुको संख्या ८०६ पुगेको छ भने मृत्यु भएका १५ जनामा कोरोना संक्रमण देखिएको छ ।
कोभिड डेडिकेटेड अस्पतालको आईसोलेसनमा ९७ जना र घरकै आईसोलेसनमा ३५० जना रहेका छन् । २९५ जना उपचारपछि कोरोना मुक्त भई घर फर्केका छन् ।