प्रणामी मन्दिर सिमरामा साप्ताहिक कथा बाचन शुरु

साझेदारी दैनिक
594 पाठक संख्या

सिमरा :बाराको जीतपुरसिमरा उपमहागनरपालिका वडा नम्बर ४ मा औराहामा शुक्रबारदेखी श्रीमत्तारम सागर पाठ पारायण तथा श्रीमद्भागवत कथा बाचन शुरु भएको छ ।

औरामा रहेका श्री कृष्ण प्रणामी मन्दिरको ४४औ बार्षिक महोत्सवको अवसरमा उक्त आजदेखि कथा बाचन शुरु भएको भएको हो ।

एक साता सम्म संचालन हुने पाठ पारायण तथा श्रीमद्भागवत कथा बाचन साहित्यचार्य जनार्दनजी महाराज ( घिमिरे ) तथा प्रणामी समाजकी प्रख्यात धर्म प्रचारीका वाणी विषारद विदुषी माता उषा घिमिरेको मुखारविन्दबाट कथा,प्रबचन एमव् संगीतमय भजन कृतन हुने जनाईएको छ ।

उक्त सप्ताह व्यापी कार्यक्रममा दैनिक रुपमा विहान १० बजेदेखी दिउसो ४ बजेसम्म श्रीकृष्ण प्रणामी धर्मको मुल ग्रन्थ तारतमबाणी चर्चा विदुषी माता उषा घिमिरेबाट हुने जनाईएको छ भने विलुका ७ बजेदेखी १० बजेसम्म श्रीमद्भागवत कथा एवम् महात्मे कथा साहित्यचार्य जनार्दनजी महाराज ( घिमिरे )बाट कथा वाचन गरिने र संगीतमय भजन कृतन समेत हुने मन्दिर समितिले जानकारी गराईएको छ ।

यसैगगरी सोही कार्यक्रम अन्तरगत विहान ५ बजेदेखी ७ बजेसम्म योग प्रशिक्षण समेत गराईने भएको हुदा यस क्षेत्रका सम्पुर्णमा सवै कार्यक्रमहरुमा सहभागी भएर लाभ लिन मन्दिर समितिले आग्रह समेत गरेको छ ।

Leave a review