ब्राह्मण समाज नेपाल बारामा २५ सदस्यीय तदर्थ समिति, अध्यक्षमा अनिल पाण्डेय

साझेदारी डेलि
220 पाठक संख्या

कलैया : ब्राह्मण समाज नेपाल बाराको शनिबार जिल्ला तदर्थ समिति गठन भएको छ। जिल्ला अधिवेशन सम्पन्न गराउने उद्देश्यले आयोजित जिल्ला सभा समारोहबाट २५ सदस्यीय तदर्थ समिति गठन भएको हो। अनिल कुमार पाण्डेयको अध्यक्षतामा सो समिति गठन गरिएको छ। लामो समयदेखि जिल्ला अधिवेशन हुन नसकेको अवस्थालाई दृष्टिगत गर्दैसमिति गठन गरिएको हो।

गठित तदर्थ समितिको उपाध्यक्षमा राजेश तिवारी र धिरेन्द्र तिवारी, सचिवमा प्रद्युम्न दुबे, सहसचिवमा दिलिप शुक्ला तथा कोषाध्यक्षमा आशुतोष पाण्डेय चयन भएका छन्। त्यस्तै सदस्यहरूमा संजय तिवारी, जटाशंकर मिश्र, सुजित पाण्डेय, शिवशंकर मिश्र, आनन्द तिवारी लगायतका रहेका छन्।

पाण्डेयको नेतृत्वमा गठन भएको तदर्थ समितिले छ महिनाभित्र बाराका सबै स्थानीय तहमा पालिका स्तरीय ब्राह्मण समाज नेपाल गठन गरी जिल्ला अधिवेशन सम्पन्न गराउने जिम्मेवारी पाएको छ। एक पटकका लागि थप ६ महिनासम्म म्याद थप गर्न सकिने जानकारी कार्यक्रमका प्रमुख अतिथि तथा ब्राह्मण समाज नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेश प्रदेश प्रमुख देवनाथ उपाध्यायले दिएका छन्।

ब्राह्मण समाज नेपाल बाराका कार्यवाहक अध्यक्ष मुक्तिनाथ तिवारीको अध्यक्षतामा सो समारोह भएको हो। कार्यक्रममा केन्द्रीय संस्थापक सचिव अरुण दुबे, केन्द्रीय सचिव प्रेमलाल पाण्डेय, केन्द्रीय सह–कोषाध्यक्ष रामबिहारी पाण्डेय, ज्योतिष परिषद् नेपाल मधेश प्रदेश अध्यक्ष ज्ञानेश्वर तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका हुन्।

Leave a review

This will close in 0 seconds