कलैयाको विद्यालयमा पंखा खस्दा कक्षा ८ की छात्रा घाइते

साझेदारी दैनिक
670 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिका–५ स्थित पन्ना देवी कन्या उच्च माध्यमिक विद्यालयमा सोमबार एक कक्षाकोठामा झुण्ड्याइएको पंखा अचानक झर्दा कक्षा ८ मा अध्ययनरत लक्ष्मी कुमारी कुशवाहा घाइते भएकी छिन्।

पंखा खस्दा साहको ओठमा गम्भीर चोट लागेको र उपचारका क्रममा प्रादेशिक अस्पताल कलैयामा चारवटा टाका लगाइएको उनकी अभिभावक राजिनन्द प्रसाद कुशवाहाले जानकारी दिए।

विद्यार्थीहरूका अनुसार उनीहरूले विद्यालय प्रशासनलाई पटक–पटक पंखा मर्मत गर्न अनुरोध गरे पनि विद्यालयले बेवास्ता गर्दै आएको आरोप लगाएका छन्।

यता विद्यालयका प्रधानाध्यापक मोतीलाल यादवले घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल छानबिन सुरु गरिएको र यस्ता घटना दोहोरिन नदिन सुधारात्मक कदम चालिने बताएका छन्।

Leave a review