राष्ट्रिय विभूतिको २३औं वार्षिकोत्सव तथा अभिभावक दिवस

साझेदारी दैनिक
298 पाठक संख्या

डुमरवाना : बारा जिल्लाको ग्रामीण भेगमा रहेको राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन डुमरवानाको २३औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।

सिमरा पब्लिक अंग्रेजी विधालयका प्रअ वसन्त ढकालले ग्रामीण भेगमा भए पनि राष्ट्रिय विभूतिले जिल्लामा नै शैक्षिक रूपमा अग्रणी भुमिका खेल्दै आएकोमा खुशी ब्यक्त गर्नुभयो । विद्यालयले २३ औ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको हो ।

संचालक समितिको अध्यक्ष बिदुर खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जीपतुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले प्रमुख अतिथि रहनु भएको थियो ।

राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले साता ब्यापी रूपमा विभिन्न कार्यक्रमहरू गरि २३ औ वार्षिक उत्सव मनाएको विधालयका प्रध्यानाध्यापक सागर ठाडाले जानकारी दिनुभयो । वार्षिकोत्सवका अवसरमा विद्यालयले खेलकुदसहित विभिन्न रचनात्मक कार्यक्रम समेत गरेको थियो ।

वार्षिकोत्सव कार्यक्रमको अवसरमा विद्यालयले विभिन्न खेलकुद प्रतियोगितामा प्रथम,दोश्रो हुने खेलाडि हरूलाई मेडल तथा प्रमाणपत्र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत र सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरेको थियो भने विद्यालयका छात्रछात्राले सांगीतिक प्रस्तुति राखेका थिए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराको प्रमुख प्रहरी नायब उपरीक्षक शुभद्रा लामा वाइवा,डुमरवाना बहुमूखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी,जीतपुरसिमरा वडा नम्बर १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने,एन प्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी लगायतकाले सम्बोधन गरेका थिए ।

Leave a review