नेपालमा भ्रष्टाचार संस्थागत भएको छ–प्रचण्ड

साझेदारी दैनिक
386 पाठक संख्या

वीरगञ्ज : नेपालमा भ्रष्टाचार संस्थागत भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

वीरगञ्जमा माओवादीसंग समुदाय संवाद कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले भ्रष्टाचार संस्थागत भएर गएको बताए। भ्रष्टाचारको मूल स्रोत अहिले निर्वाचन हुन गएको उनले दाबी गरे।

निर्वाचन खर्चिलो र जित्नको लागि धेरै खर्च गर्नुपर्ने अवस्था भएकोले सामान्य मानिसले चुनाव लडने स्थिति नभएको प्रचण्डको भनाइ थियो। राम्रो ज्ञान भएको सम्बन्धित बिषयमा बिज्ञ भएको ब्यक्तिलाई मन्त्री बनाउनु पर्ने कुरामा उनले जोड दिए।

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको आवश्यकता औल्याउँदै प्रचण्डले पाँच वर्षसम्म काम गर्न सक्ने भए जनताको समस्या समाधान गर्न सकिने बताए ।प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने र उनले विज्ञसितको सल्लाहले मन्त्री नियुक्त गर्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा उधोगी ब्यावसायीहरुको समस्या सुन्दै प्रचण्डले खुल्ला नाका भएका कारण चोरी तस्करी रोक्न नसकिएको जनाए। भन्सारबाट नै विभिन्न तरिकाले भ्रष्टाचार हुने गरेको उनले बताएका थिए।

दस बर्षमा संविधानको समिक्षा गर्ने प्रस्ताव आफैहरुले राखेको जानकारी दिदै संविधानको समिक्षा गर्ने आवश्यकता रहेको उनले जनाए। देशमा बढदै गएको भ्रष्टाचार,युवाहरू बेरोजगार भएर बिदेश जानुपर्ने अवस्था आर्थिक बिकासमा फडको मार्न नसक्नु जस्ता समस्या समाधानको लागि पनि संविधानको समिक्षा गर्न सके उचित हुने उनले जनाए।

माओवादीले शुरु गरेको तराई मधेस जागरण अभियानका लागि पर्सा आएका प्रचण्ड सहितका शिर्ष नेताले बिन्दवासिनी गाउँपालिकाको बहुअर्वामा आयोजित सभामा सहभागी हुँदै ठोरी गएका थिए।

अभियानको लागि प्रचण्डसहित नेताहरु देव गुरुङ,मातृका यादव लगायतका शिर्ष नेताहरू पर्सामा बुधबार नै आएका थिए ।

Leave a review

This will close in 0 seconds