स्थानीय तह उपनिर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालयको तोकियो स्थान

साझेदारी दैनिक
305 पाठक संख्या

काठमाण्डौं : मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ।

यस अनुसार उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि कार्यालयको स्थान तोकिएको हो।

निर्वाचन आयोगले स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय तोकेको हो।

त्यसैगरी वडाध्यक्षको मात्र निर्वाचनकालागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद सापकोटाले प्रेस विज्ञप्ति जारी गरी जनाएका हुन्।

Leave a review

This will close in 0 seconds