सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत रंगरोगन सीपमूलक तालीम

साझेदारी दैनिक
416 पाठक संख्या

पचरौता : नूर आलम बादशाह/ सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत १५ दिने रंगरोगन सीपमूलक तालीमको बारामा उद्घाटन गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटर बाराको आयोजनामा सो तालिम भइरहेको हो। बिओपी पिपरपातीमा सञ्चालन भएको सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत १५ दिने रंगरोगन सीपमूलक तालीमको बिहिबार एक कार्यक्रमवीच उद्घाटन गरिएको हो।

दैनिक दुई घण्टाका हिसावले सो तालिम चल्ने छ। यस तालिमले व्यवसायिक दक्षता अभिबृद्वी गरि व्यक्तिलाई आत्मनिर्भर बनाउन मार्ग प्रसस्त गर्ने विश्वास लिइएको छ।

सीमा नाकाबाट हुने अबैध निकासी पैठारी जस्ता क्रियाकलापहरु अन्त्य गर्ने तालिमको उद्देश्यले रहेको छ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख बसन्त अधिकारीले सीमाबासी भनेको बर्दी बिनाको प्रहरी भएको जनाए। सीमालाई रक्षा गर्ने काम सीमावासीले गरिरहेको उनले बताए।

सीमावासी अनुशासित र सुरक्षित ढंगले बस्न आग्रह गर्दै सीमा क्षेत्रमा हुने अबैध गतिविधिमा नलाग्न सुझाव दिए।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटर बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी,सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपाती बाराका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदिप थापा,इप्रका सिम्रौनगढका प्रमुख पवन पछाईको विशेष उपस्थिति रहेको हो।

सो कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बिओपीका प्रमुख,तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds