दोगडाकेदारमा गोली चल्दा एक घाइते

रासस
192 पाठक संख्या

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा गोली चलेको छ ।

आज राति ८ बजेको समयमा गाउँपालिका–८ कालागाउँ चौसिला भन्ने ठाउँमा गोली चल्दा २२ वर्षीय सुरेन्द्र विष्ट घाइते हुनुभएको छ।

सोही गाउँका ४० वर्षीय कर्णबहादुर विष्टको गोली प्रहारबाट उहाँ घाइते हुनुभएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।

लेनदेनका विषयमा विवाद हुँदा कर्णले सुरेन्द्रमाथि गोली प्रहार गरेको र अन्य विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।

Leave a review