पर्सामा १० लाख भन्दा बढीका भन्सार छलीका सामान बरामद

साझेदारी डेलि
36 पाठक संख्या

कलैया । पर्सा प्रहरीले १० लाख ५१ हजार ४२४ रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका विभिन्न सामान बरामद गरिएको जनाएको हो।

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–२५ खाल्वास्थितबाट २ लाख ३१ हजार ६०४ रुपैयाँ बराबरका विभिन्न किसिमका औषधि बरामद गरिएको छ। त्यस्तै, वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट भन्सार छली ल्याउँदै गरेको ५ लाख ५९ हजार ८२० रुपैयाँ बराबरका विभिन्न किसिमका लत्ताकपडा बरामद गरिएको प्रहरीले जनाएको छ। यसैगरी, २ लाख ५० हजार रुपैयाँ बराबरका भैंसी तथा १० हजार रुपैयाँ मूल्यको एउटा खसीसमेत नियन्त्रणमा लिइएको छ।

प्रहरीले बरामद गरेका औषधि, लत्ताकपडा, भैंसी र खसी गरी कुल १० लाख ५१ हजार ४२४ रुपैयाँ बराबरका सामान आवश्यक कारबाहीका लागि सोमबार वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाईएको पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिएका छन् ।

Leave a review