रामराजा क्याम्पसको २०७३ सालको बिबिएस ब्याचका बिद्यार्थीहरुको गेट टुगेदर कार्यक्रम सम्पन्न

संदिप प्रसाद यादव
867 पाठक संख्या

कलैया : रामराजा क्याम्पसको २०७३ बिबिएस ब्याचको बिद्यार्थीहरुले गेट टुगेदर कार्यक्रम गरेका छन्।

बाराको रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसको २०७३ सालको बिबिएस ब्याचका बिद्यार्थीहरुले कलैयाको बरेवा दरबार होटेलको सभा हालमा शुक्रबार सो कार्यक्रम गरेका हुन्। उनीहरुले एक कार्यक्रम बीच गेट टुगेदर कार्यक्रममा सामूहिक केक काटी मनाएका हुन्।

उक्त बिद्यार्थीहरु ८ वर्षपछि भेटघाट कार्यक्रमको आयोजना गरेका छन् । यति व्यस्त समयमा साथीहरूको लागि समय निकाल्नुपर्छ भन्ने उदाहरण ७३ को ब्याचले दिएको छ।

साथीहरु आफ्नो क्षेत्रमा सफलता हासिल गरेपछि एक पटक खुसी साटासाट गर्नलाई कार्यक्रमको आयोजना गरिएको नन्दनी उपाध्यायले बताएकी छिन् ।

अजय पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा दिपेन्द्र साह,सौरब पाण्डे,पवन कुशवाहा,पन्नालाल यादव,राज कपुर,रबिन्द्र शर्मा,अभिषेक पाण्डे,अजय पाण्डे,सबिता कुशवाहा,मनोरमा कुशवाहा,प्रतिभा साह,गिता यादव,रन्जु साह,लालु यादव,संजय पटेल,राजु साह र दिलिप कुशवाहाको सहभागिता रहेको थियोे ।

सो कार्यक्रममा स्वागत मन्तव्य बिकेशकुमार यादबको रहेको थियोे । कार्यक्रमको संचालन रामानन्दप्रसाद यादवले गरेका थिए।

Leave a review

This will close in 0 seconds